साग क्रिकेट खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतक


काठमाडौँ,१९ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद ( साग ) क्रिकेट खेलमा भुटान विरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेको छ ।

त्रिभुवन विश्वविधलय क्रिकेट मैदानमा भएको खेलमा १०७ रनमा आउट भएका उनी टी(२० मा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर पनि बनेका छन् ।

खेल मैदानमा १०० रन बनाएपछि कप्तान मल्लका दुई महिनाकी छोरी काखमा बच्चा लिएको सङ्केत गर्दै शतक उनलाई ‘डेडिकेट’ गरेका छन् ।

कप्तान मल्लले भने भुटान कमजोर टिम भए पनि त्यस विरुद्ध बनेको शतकले पनि आफूलाई आत्मविश्वास बढाउन मद्दत गर्ने र शतक शतक नै हो । मैदानमा गएर खेल्नुपर्छ, बल हान्नुपर्छ । जस्तो टिम भए पनि बललाई रनमा परिणत गर्नुपर्ने बताए ।

९५ रन बनाएको भुटानलाई अझ कम रनमा समेट्न सक्नुपर्ने उनको जोड थियो । ‘फिल्डिङ, बलिङ अझै अपेक्षा अनुसार भएन भुटानलाई कम ईसकोरमा राख्नु पो थियो

प्रतिक्रिया दिनुहोस्