साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण पदक जिते


काठमाडौँ, १९ मङ्सिर । साइक्लिङमा नेपालको तर्फबाट लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छन् । बिहीबार काठमाडौँ स्थित गोकर्णमा भएको प्रतिस्पर्धामा मगरले स्वर्ण जितेकी हुन ।

जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको मगले जितेको स्वर्णसहित ३१ पुगेको छ । साइक्लिङमा नेपालले जितेको यो तेस्रो स्वर्ण हो ।

नेपालको साइक्लिङमै उषा खनालले रजत पदक जितेसँगै १७ रजत सहित नेपालको अहिलेसम्मको कुल पदक सङ्ख्या ७६ भएको छ ।

प्रतिक्रिया दिनुहोस्