बेलबारीमा शान्ति युवा समूहको आयोजनामा उद्घोषण तालिम सम्पन्न


बेलबारी, १७ मङ्सिर / शान्ति युवा समूह बेलबारीको आयोजनामा उद्घोषण तालिम सम्पन्न भएको छ । गत मङ्सिर १५ गते देखी सुरु भएको तालिम मङ्गलवार सम्पन्न भएको हो ।

बेलबारी वाड नं. ९ स्थित शान्ति युवा समूहको प्राङ्गणमा तालिम गर्न पालको व्यवस्थापन गरी कार्यक्रम गरिएको छ । तालिम हलको अभावमा पनि पालको व्यवस्थापनमा नेतृत्व विकासका लागि ३ दिने उद्घोषण कला तालिम सम्पन्न गर्न सफल भएको आयोजक बताउँछन् ।

समापन कार्यक्रमलाई बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले सम्बोधन गर्दै शान्ति युवा समूह बेलबारीको कार्यको प्रशंसा गरेकी छन् । तालिमका प्रशिक्षार्थीहरूलाई शुभकामना प्रदान गर्दै बेलबारी नगरपालिकाको समूहलाई सबै तरिकाले सहयोग गर्ने बताएकी छन् ।

उनले भनिन, “समूहले धेरै कुराको आवश्यकताको महसुस गरेको मध्य प्राथमिकतामा परेको विभिन्न संरचना निर्माण गर्ने उद्देश्य, समाज रूपान्तरणको लागि सुरु गरेका सकारात्मक अभियानहरूलाई सधैँ बेलबारी नगरपालिकाको साथ, सहयोग रहने छ ।”
समूहको अभियानमा नगरपालिकाले ‘होस्टेमा हैँसे’ गर्न तयार रहेको बताइन । उनले भनिन, “यस ठाउँमा कार्यक्रम गर्ने मञ्च वा सामुदायिक भवन निर्माणको लागि नगरपालिकामा छलफल गर्ने छौ ।”

समूहको भवन निर्माणसँगै खेलकुदको लागि कबडहल निर्माण गर्ने समूहको योजना रहेको अध्यक्ष धिरज श्रेष्ठले बताए । यस कार्यमा बेलबारी नगरपालिकाको सहयोग रहनु पर्ने, श्रेष्ठले आग्रह गरेका छन् ।

तालिममा ४० भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रमको पहिलो चरणलाई प्रशिक्षार्थी भविसा राई र अनीश धिमालले उद्घोषण गरेका थिए । त्यस्तै प्रशिक्षार्थी तर्फबाट सुदिव राई र सोनु राईले तालिमबारे आफ्नो अनुभव सुनाएका थिए ।

३ दिने उद्घोषण कला तालिममा प्रशिक्षक तथा शिक्षक ईरान राई, सञ्चारकर्मी शान्ति पाख्रिन लामा र सन्जु राईले प्रशिक्षण दिएका थिए ।

बेलबारी वाड नं. ९ का वडा अध्यक्ष नगेन्द्र खड्का, नगर कार्यपालिका सदस्य शिवनाथ धिमाल, नलबारी टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी चौधरी लगायतले समापन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास कार्यमा विवाद रहिद मदको साथ सबै एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिँदै नेतृत्व विकासका लागि गरिएको कार्यक्रम शान्ति युवा समूहको सकारात्मक अभियानको प्रशंसा गरेका छन् । वक्ताहरूले कार्यक्रमलाई सम्बोधन गर्दै समूहको सामाजिक विकास अभियानमा सबैको साथ अनिवार्य रहनु पर्ने र रहने बताएका छन् ।

कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमाल, गृहमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति सदस्य प्रकाश राई, नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राई, वाड नं. ९ का सदस्य हिरावती राजवंशी, मनमाया उपरकोटी, समूहका संस्थापक अध्यक्ष तथा चलचित्र निर्माता, निर्देशक भीम लामा, संस्थापक सदस्य प्रेम बान्तवा लगायतको उपस्थिति रहेको थियो ।

https://youtu.be/qXfs-yT2R54

प्रतिक्रिया दिनुहोस्