फुटबलमा भुटानलाई हराउँदै नेपाल


काठमाडौँ, १७ मङ्सिर । १३ औंं दक्षिण एसियाली खेलकुद ( साग ) को फुटबल खेलमा नेपालले भुटानलाई हराउँदै चार गोलको अन्तरले विजय भएको छ ।

नेपालको तर्फबाट पहिलो हाफको पाँच मिनेटमा गोल लगाएको सुजल श्रेष्ठले दोस्रो हाफको ५२ मिनेटमा दोब्बर बनाएका थिए भने अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि–किकमा १-१ गोल गरेका थिए ।

सागको पहिलो फुटबल खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्