१३ औँ सागमा आज नेपाल पहिलो स्थानमा


काठमाडौँ, १७ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको सानदार प्रदर्शन नेपाल पहिलो स्थानमा रहेको छ । आज बिहान भएको खेलमा उसुमा दुई तथा कराँते र डुवाथोलनमा एक एक गरी थप चार स्वर्ण पदक जितेको छ ।

नेपालले अहिलेसम्म १९ स्वर्ण, चार रजत र आठ कांस्यसहित तालिकाको शीर्ष स्थान रहेको छ भने श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कांस्यसहित दोस्रो स्थान , भारत ३ स्वर्ण, ८ रजत र ५ कांस्यसहित पदकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

आज ललितपुरको लगनखेल स्थित नेपाली सेनाको कभर्ड हलमा नेपालकी सुस्मिता तामाङले उसुको थाउलुतर्फ थानछ्वानको महिला खेलमा ९ दशमलव ४४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा श्रीलङ्काले रजत तथा बङ्गलादेशले कांस्य पदक जितेकी छिन् भने पुरुष तर्फ विजय सिञ्जालीले ९ दशमलव ४८ अङ्क लिएाई स्वर्ण पदक जितेका छन् । उत्त खेलमा बङ्गलादेशले रजत तथा श्रीलङ्काले कांस्य पदकमा चित्त बुझाएका छन् । उसुमा हालसम्म नेपालले नौ स्वर्ण जितेका छन् । नेपालले पहिलो दिन सोमबार सात स्वर्ण जितेको थियो ।

ललितपुरको सातदोबाटो स्थित कराँते कभर्ड हलमा भएको कराँते खेलमा कराँतेको ६७ किलो कुमुतेमा नेपालका नवीन रसाइलीले आज स्वर्ण पदक जितेको छ । नवीनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका छन् । त्यस्तै बङ्गलादेशका मोहम्मद थेरदुसलाई ८–२ अङ्कले पराजित गरेका थिए । करातेतर्फ नेपालको आठौँ स्वर्ण हो । सोमबार नेपालले करातेमा सात स्वर्ण जितेको थियो ।

पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत श्रीलङ्काका आशिष् परेराले कांस्य जितेका छन् । कास्कीको पोखरास्थित लेकसाइडमा भएको उक्त स्पर्धामा नेपाल, भारत र श्रीलङ्काका छ खेलाडी मात्र सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्