राजस्व छली गरी ल्यौंजादै गर्दा छोकडा र मरीच बरामद


वीरगन्ज ,१६ मङ्सिर ।  प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बजारबाट छोकडा र मरीच नियन्त्रणमा लिएको छ ।

लोड गरेर ना ४त ५३२२ न.को ट्रयाक्टरमा १७ लाख ६० हजार ६५० रुपैयाँ बराबरको छोकडा र मरीच प्रहरी नियन्त्रणमा रहेको छ ।

गैरकानुनी तवरले नेपालबाट भारततर्फ लैजादैं गर्दा प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा रहेको समानहरू आवश्यक कारबाहीको लागि पर्सा जिल्लाको भन्सार कार्यालयमा बुझाउने तयारी गरेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्