धरानको मेयरमा काँग्रेसका राई, वाड ७ अध्यक्षमा नेकपाका सुवेदी निर्वाचित


सुनसरी , १६ मङ्सिर / धरान उपमहानगरपालिकाको उपनिवार्चनमा नेपाली काँग्रेसका तिलक राई मेयरमा निवार्चत भएका छन् भने वाड ७ का अध्यक्षमा नेकपा उम्मेदवार जीवन सुवेदी विजयी भएका छन् ।

तिलकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे हुन । तिलकले २६ हजार ७०९ मत पाए भने प्रकाशले २३ हजार ९१४ मत पाएका छन् । नेपाली काँग्रेसले बहुदलपछि धरानमा पहिलो पटक जित प्राप्त गरेको छ ।

नेपाली काँग्रेसका सुवर्ण पालिखेलाई एक मतको अन्तरले हराउँदै सुवेदी विजयी भएका हुन । पालिखेले ६२१ मत प्राप्त गरे भने सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्