नेपाली काँग्रेसका तिलक राई धरानको मेयरमा निर्वाचित

धरानमा नेपाली काँग्रेसको बहुदलपछिको पहिलो जित


धरान , १६ मङ्सिर। धरान उपमहानगरपालिकाको नेपाली काँग्रेसका तिलक राई मेयरमा निर्वाचित भएका छन् । बहुदलपछि पहिलो पटक काँग्रेस धरानमा विजयी भएको छ ।

२६ हजार ७०९ मत पाएका तिलकले २ हजार ७९५ मतान्तरले उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई पराजित गरे हुन । प्रकाशले २३ हजार ९१४ मत पाएका छन् ।

०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन भएको हो ।

शनिवारको उपनिर्वाचन परिणामले नेकपालाई निराश बनाएको छ भने नेपाली काँग्रेस बहुदलपछि पहिलो पटक धरानमा जितको इतिहास रचेको छ ।

प्रतिक्रिया दिनुहोस्