काँग्रेसमा नेतृत्व फेर्ने अभियान : विशेष महाधिवेशनका लागि ५० प्रतिशत हस्ताक्षर


काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको अभियान तीव्र बनेको छ। विशेष महाधिवेशनका लागि सुरु गरिएको हस्ताक्षर अभियानमा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले समर्थन जनाइसकेका छन् । नेता गुरुराज घिमिरेका अनुसार शुक्रवार साँझसम्म ५० प्रतिशतभन्दा बढी हस्ताक्षर संकलन भएको छ, जसलाई आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने तयारी गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि अभियान चलाइरहेका छन् । तर, नियमित महाधिवेशन मंसिरमै हुने अवस्था बनेमा विशेष महाधिवेशनको आवश्यकता नपर्ने नेताहरूको भनाइ छ ।

काँग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिरमा भएको थियो र वर्तमान कार्यसमितिको कार्यकाल यस मङ्सिरमा सकिँदै छ। विधानअनुसार कार्यकाल एक वर्ष थप्न सकिने भए पनि थापाले म्याद नथप्ने र १५औँ महाधिवेशनको कार्यपालिका आइतबार बस्ने केन्द्रीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्