सुस्त मनस्थिति भएका नातिनीलाई हजुरबुवाले बनाए गर्भवती


ओखलढुङ्गा, १५ मङ्सिर । मोलुङ गाउँपालिकाकी एक १५ वर्षीय किशोरी हजुरबुबाबाट बलात्कृत भएपछि गर्भवती बनेकी छन् । किशोरीलाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धले बलात्कार गरी गर्भवती बनाएको छ ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताएका छन् । साउन महिनामा बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । बालिकाको शारीरिक परिवर्तन आएपछि वृद्धले बलात्कार गरेको घटना बाहिर आएको हो ।

बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसूति गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्