काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै आफू र आफ्नो पार्टीका नेताहरू देश छाडेर विदेश नभाग्ने स्पष्ट घोषणा गरेका छन् । शनिवार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले नेताहरूको पासपोर्ट रोक्का गर्ने चर्चा सुनिएको भए पनि त्यसले आफूहरूलाई विचलित नबनाउने बताए ।
ओलीले भने, “यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्, अरू नेताको पनि ल्याओस्, जनताको बिचमा राखोस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ, पारदर्शी ढंगबाट काम गर्छौँ।” उनले आफ्नो नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गर्दै अहिलेको सरकारप्रति कटाक्ष गरे।
ओलीले थपे, उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? होइन, हामी यही देश बनाउनुपर्नेछ। फेरि पनि हामी यो देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।”