बेलबारी । Gen-Z आन्दोलनको मागलाई समर्थन गर्दै बेलबारी नगरपालिका उपप्रमुखले आजकै मितिबाट आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो निर्णयसँगै पार्टीभित्र सम्हालेका सम्पूर्ण पदहरू पनि त्यागेको जानकारी सार्वजनिक गरेका छन्।
उपप्रमुखले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनेका छन्, “Gen Z को मागलाई समर्थन गर्दै आजकै मितिबाट मेरो उपप्रमुखको पद र पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा जानकारी गराउँछु।”