नेपाललाई ट्रान्जिट प्वाइन्टमा नभई साझेदारमा राख्नुपर्ने, टु प्लस वान उपयुक्त नहुने : प्रचण्ड


काठमाडौँ, १३ मङ्सिर।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल, भारत र चीनको साझेदारीमा नेपाललाई ट्रान्जिट प्वाइन्टका रूपमा मात्र नभई साझेदारका रूपमा राख्नुपर्ने बताउँदै ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा प्रचण्डले नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी हुनु पर्ने मत व्यक्त गर्दै सी चिनपिङ र मोदीबिच भएको ‘टु प्लस वान’ अवधारणा उपयुक्त नहुने बताएका हुन् ।

टु को अर्थ विशेष अधिकार प्राप्त दुई देश र वानको अर्थ जोडिएको भन्ने अर्थाउँदै, टु प्लस वान नभएर, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुने बताएका छन् ।

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला त्रिदेशीय साझेदारीको प्रस्ताव बताउँदै टु प्लस वानले नेपाललाई असहज बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्