काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठक बुधवार बसेको छ। बैठकपछि जारी गरिएको विज्ञप्तिमा आफ्नो भूमिमा आतङ्कवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार गरिएको छ।
पाकिस्तानले भारतले लगाएका आरोपहरू निराधार भएको दोहोर्याएको छ । ‘सम्झनु पर्ने कुरा यो छ कि २२ अप्रिल २०२५ पछि पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको थियो, जुन दुर्भाग्यवश स्वीकार गरिएन’, विज्ञप्तिमा भनिएको छ ।
आफ्नो दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण प्रस्तुत नगरी भारत अगाडि बढेको आरोप पाकिस्तानका प्रधानमन्त्रीले लगाएका छन् । ‘आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो’, विज्ञप्तिमा भनिएको छ ।