सुन्दरहरैँचा । सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो ।
सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का नीरज परियारले गोल गरे । तर सुन्दरहरैँचाका जर्सी नं.१२ का खेलाडी आसिस वनले ३१ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुराए । लगतै पहिलो गोल गरेको ३ मिनेट नपुग्दै जर्सी नं.१३ का खेलाडी पूजन चौधरीले गोल गोल गरे ।
चौधरीको गोल नै निर्णायक बन्न पुग्यो । र सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले नै हात पार्न सफल भयो । विजेता टिमले रु.४ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले रु.२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । साथमा दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको मेन अफ द म्याच सुन्दरहरैँचाका खेलाडी पूजन चौधरी घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । वेस्ट फरवाड पथरीशनिश्चरेका खेलाडी सौर्य रावत, सुन्दरहरैँचाका विवश गुरुङ वेस्ट मीड फिलडर, वेस्ट गोल किपर रोशन कार्की, सर्वाधिक गोलकर्ता पूजन चौधरी, वेस्ट डिफेन्डर विजय राई घोषित भएका छन् । उनीहरूले जनही रु.५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मेन अफ द सिरिज सुन्दरहरैँचाका खेलाडी सुजन चौधरी घोषित भएका छन् । उनले रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य सचिव खड्क बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको हो ।