बास्कोटाद्वारा नेकपाको लहडी एकता र दुर्दान्त विभाजनलाई दुःखद इतिहासको संज्ञा


काठमाडौं । सत्तारुढ नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले कम्युनिष्ट राजनीतिको सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन भएको बताएका छन् ।

बास्कोटाले आज (बिहीबार) सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले नेकपाको लहडी एकता र दुर्दान्त विभाजनलाई दुःखद इतिहासको संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘नेपालको लोकतान्त्रिक र कम्युनिष्ट राजनीतिको सर्वाधिक सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन हो भने दुःखद इतिहास नेकपाको लहडी एकता र दुर्दान्त विभाजन ।’

उनले अधिकारका लागि लड्न र मिल्न नसक्ने नोस्टाल्जियाले नेपालका वाम्पन्थीलाई सुदूर भविष्यसम्म सताइरहने पनि दाबी गरेका छन् । उनले भनेका छन्, ‘अधिकारका लागि लड्न सक्ने मिल्न नसक्ने नोस्टाल्जियाले नेपालका वामपन्थीलाई सुदूर भविष्यसम्म सताइरहने पक्कापक्की छ ।’ नेता बास्कोटाले पछिल्लो समय वर्तमान राजनीतिमा भइरहेको उथलपुथललाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्