शिक्षा सन्देश स्कुलमा छात्राहरूलाई आत्मरक्षा तालिम


बेलबारी, मोरङ / हत्या हिंसा तथा बलत्कारको विरुद्धमा किशोरीहरूलाई लड्न सक्ने बनाउने अभिप्रायका साथ बेलबारी २ मा रहेको शिक्षा सन्देश ई स्कुलले दुई दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ ।

शिक्षा सन्देश ई स्कुल बेलबारीको आयोजना र केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सलआर्टस संघ नगर समिति बेलबारीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा विद्यालयका कक्षा ७, ८ र ९ कक्षाका छात्राहरूलाई तालिम दिइरहेको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिएका छन् ।

दुई दिने तालिममा केआईएफ कुरुदय मार्सलआर्टस संघका केन्द्रीय सदस्य वीरबहादुर सुब्बा, प्रदेश नं १ का प्रमुख प्रशिक्षक प्रकाश बस्नेतले तालिम दिइरहेका छन् ।
बालिकाहरू दिनानुदिन असुरक्षित भइरहेकोले उनीहरूलाई यस्तो आत्मरक्षा सम्बन्धित तालिमको खाचो रहेको केआईएफ कुरुदय मार्सलआर्टस सङ्घ बेलबारी नगर समितिका अध्यक्ष शीतल राय वताउछिन ।

प्रतिक्रिया दिनुहोस्