नेपाल मगर सङ्घ मोरङको अध्यक्षमा टीका पिठाकोट चयन


मोरङ, ८ मङ्सिर । नेपाल मगर मोरङको अध्यक्षमा टीका पिठाकोटे सर्वसम्मतबाट चयन भएका छन् । शनिवार पथरीशनिश्चरे नगरपालिका स्थित पथरी मगर सङ्घको भवनमा नेपाल मगर मोरङ जिल्ला कार्य समितिको अध्यक्षसहित १४ सदस्य सर्वसम्मतमा चयन भएको हो ।

मगर संघका केन्द्रिय उपाध्यक्ष सिता राना मगरले कार्यक्रमको उद्घाटन गरेका थिइन । समितिमा उपाध्यक्ष पूर्ण प्रकाश पुर्बाछानेमगर, वरिष्ठ सदस्य रामचन्द्र राना मगर, सचिव मनिष सूर्य मगर, सह सचिव होम दर्लामी मगर , कोषाध्यक्ष पुनम मगर , सदस्यहरू मेखराज ऐक्चाइ मगर , शर्मिला लुङगेलि मगर, हंस दर्लामी मगर , फुलमाया मगर , रामचन्द्र लुङगेलि मगर, तेजु आले मगर , इन्द्र पुर्बाछाने मगर, खगेन पुनमी मगर रहेका छन् ।

जिल्ला कार्यसमितिको विधानमा २५ सदस्य हुनुपर्ने भएकोले बाँकीलाई मनोनीत गरी ल्यैजाने अध्यक्ष पिठाकोटेले बताए । कार्यक्रममा मगर सङ्घका केन्द्रीय सदस्य ढक बहादुर खपाङ्गी मगर, शारदा थापा मगर, गणेश पिठाकोटे मगर, लोकतान्त्रिक मगर , पिबि मगर , प्रदेश १ का संयोजक तेज बहादुर आले मगर , बौद्ध सेवा समाजका इबेर आले मगर लगायतले बोलेका थिए ।

सोही दिन नेपाल मगर सांस्कृतिक महासङ्घ मोरङको अध्यक्षमा सन्तोष पिठाकोटे मगर चयन भएका छन् ।  सन्तोष पिठाकोटे मगरको अध्यक्षतामा १३ सदस्य समिति निर्माण भएको छ ।

उद्घाटन कार्यक्रम शम्भु राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्