सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ : गगन थापा


काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा काँग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । आज (मङ्गलवार) काठमाडौँमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले काँग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने टिप्पणी गरेका हुन् ।

महामन्त्री थापाले गुरुङ आफैले संसद्मा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ नगर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाही समेत गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्