सीमा निरीक्षण समिति गठन गर्ने निर्णय


काठमाडौँ, ५ मङ्सिर ।  भारतले नयाँ नक्सा सार्वजनिक गरे पछि नेपालमा विरोध भई रहँदा नेपाल सरकारले भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेका छन् ।

नेपाल सरकारको प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले भने, ‘भारत सँग सीमा विवाद मिलाउनुको लागि मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको छ ।’

भारतसँग विवाद मिलाउँदै गर्दा चीनसँगको सीमा विवाद मिलाउनु पर्ने धारणा आएको छ । निरीक्षण समितिले दुवै देशसँगको सीमा विवादलाई मध्यनजर गरी समाधान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्