मन्त्रिपरिषद् पुनर्गठनबाट डा. बाबुराम भट्टराई असन्तुष्ट


गोरखा,५ मङ्सिर ।  प्रधानमन्त्री के.पी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेको प्रति सत्ता साझेदार दल समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

नेकपालाई दुई तिहाइको मत दिएका समाजवादी पार्टीका परिषद् अध्यक्ष भट्टराईले गोरखमा पत्रकार सँग कुरा गर्दै सरकार पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीमा निहित भए पनि सत्ता साझेदार दलसँग छलफल नगरी एकलौटी ढङ्गबाट प्रधानमन्त्री चलेको बताए ।

उपप्रधानमन्त्री उपेन्द्र यादवसँग कुनै सल्लाह विना एक पक्षीय रूपमा जाने निर्णय गर्नुभएको छ त्यो लोकतान्त्रिक मान्यता विपरीत रहेको छ ।
पार्टी अध्यक्ष दिल्लीबाट आए पछि सरकारमा रहने कि नरहने निर्णय लिने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्