मारुती सिमेन्टको स्काभेक्टरमा बम विस्फोट


सिन्धुली, ५ मङ्सिर । सिन्धुलीको दुधौली नगरपालिका – १४ ककुर खोलामा राखिएको मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति राखेको स्काभेक्टरमा अज्ञात समूहले बम विस्फोट गरेका छन् ।

बम विस्फोटबाट स्काभेक्टर पूर्णरुपमा क्षति भएको छ भने अरू एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

दुधौली नगरपालिका – १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको छ । केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु.१ करोड ५० लाख चन्दा मागेको बम्जनले बताए । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्