राष्ट्रपति भण्डारीले गराइन्न नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ


काठमाडौँ, ५ मङ्सिर / शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

रामेश्वर राय यादवले श्रममन्त्री, पार्वत गुरुङले महिला बालबालिका तथा समाजकल्याण, लेखराज भट्ट उद्योग, हृदयश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, वसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातले शपथ लिएका हुन् ।

मोतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र रामवीर मानन्धरले सहरी विकास राज्यमन्त्रीको शपथ लिएका हुन् । राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद्को पुनर्गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्