प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने : चार मन्त्री हट्दै


काठमाडौँ, ४ मङ्सिर ।  चारजना मन्त्री हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र महिला बालबालिकामन्त्री थममाया थापा हट्ने पक्का भएको छ ।

थप केही मन्त्री हट्ने विषयमा नेकपा सचिवालयको बैठकमा छलफल भइरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । नयाँ कोको मन्त्री हुने भन्ने पनि टुंगो लागेको छैन ।
नेताहरूका अनुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्