वडा अध्यक्षको रहस्यमय मृत्यु


बैतडी, ४ मङ्सिर ।  मङ्गलवार राति कैलपाल मन्दिर धुराजात गएका पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बिहान मुत अवस्थामा फेला परेको छ ।

कार्यालय सहयोगी प्रेमबहादुर चन्दले अनुसार मन्दिरमा सहभागी हुन गएका अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा बिहान भेटिएको थियो ।

प्रहरी टोली घटना स्थल पुगी अनुसन्धान भइरहेको बैताडी प्रहरी प्रवक्ता निरीक्षक किशन चन्दले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्