नेपाल क्रिकेट संघ (क्यान)द्वारा सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा सफाइ पाएसँगै आज (बुधवार) क्यानले आफ्नो आधिकारी फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै लामिछानेमाथिको सबै (घरेलु तथा अन्तर्राष्ट्रिय) निलम्बन फुकुवा भएको जानकारी गराएको हो ।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्