कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत पाएका छन् । आज (सोमबार) प्रदेशसभा बैठकमा विश्वासको मत मागेका कार्कीले ५७ मत पाएका छन् । कुल ९३ सदस्य रहेको प्रदेशसभामा कार्कीको विपक्षमा शून्य मत परेको छ ।

त्यस्तै, ५ मत तटस्थमा पर्यो। सोमबार प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै काँग्रेसले विरोध गर्दै आएको छ । उक्त नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्