बाँदर धपाउन भरुवा बन्दुक पड्काउने क्रममा बारुदको छर्रा लागेर १ जनाको मृत्यु


पाँचथर । पाँचथरको हिलिहाङमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जुनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका वडा नं.४ सिबुवामा स्थानीय ५१ वर्षीय मन कुमार सिगुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सोमबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर घाइते भएका स्थानीय सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्