काँग्रेसमा इलाम–२ को उम्मेदवारको विषयमा विवाद : अझै टुङ्गो लागेन


काठमाडौं । उम्मेदवार टुङ्गो लगाउन बसेको नेपाली काँग्रेसको बैठक दोस्रो दिन पनि निष्कर्षविहीन बनेको छ । बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठक उम्मेदवारको टुङ्गो लगाउन असफल भएको छ ।

बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । संस्थापन र इतर समूहबिच सहमति हुन नसकेपछि उम्मेदवार चयनको विषय काँग्रेसमा पेचिलो बनेको छ । यसअघि मङ्गलवार पनि उम्मेदवार छान्न बैठक बसेको थियो । तर, हिजो पनि सहमति हुन सकेन । बरु नेताहरूबिच ‘नोकझोक’ को स्थिति सिर्जना भएको थियो ।

काँग्रेसमा इलाम–२ को उम्मेदवारको विषयमा विवाद छ । पार्टी सभापति देउवा डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडान लिइरहेका छन् । तर, संस्थापन इतर पक्ष भने भेषराज आचार्यको पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्