कोशीका नवनियुक्त मन्त्रीले लिए शपथ


विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वास्थ्य मन्त्रीमा काँग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा काँग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

उनले दुई जना काँग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराए ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरुङ राम नियुक्त भएका हुन् । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भइसकेका छन् । यो सँगै कोशीको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्