कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्वाचित


मोरङ । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्वाचित भएका छन् । कोशी प्रदेशसभाको आज (मङ्गलवार) बसेको बैठकले विष्टलाई सर्वसम्मत रूपमा सभामुख निर्वाचित गरेको हो ।

प्रदेश सभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । सभामुख चयनका लागि सभाले आजै निर्वाचन कार्यपालिका प्रकाशन गरेको थियो । विष्टलाई सभामुख बनाउन राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता शक्ति सिटौला र समर्थकमा प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङ थिए । उनको प्रस्ताव दलहरूले सर्वसम्मतिले पारित गरे । गठबन्धनको सरकार गठन प्रयोजनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्