राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १९ उम्मेदवारको नाम नेकपा एमालेले टुङ्गो लगायो


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि आउँदो ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले भोलि (सोमबार) मनोनयनका लागि १९ उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) को नाम टुंग्याएको छ ।

मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) उम्मेदवार भएका छन् । यस्तै बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता–अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) को नाम पक्का भएको छ ।

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार हुने भएका छन् । लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ ।

कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन् । सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता–अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्