एमालेको आदिवासी जनजातिमा राजवंशी


उर्लाबारी । नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशनले जयसिंह राजवंशी ‘जीवन’लाई अध्यक्ष पदमा चयन गरेको छ । अधिवेशनले राजवंशीको नेतृत्वमा सर्वसम्मत रूपमा २७ सदस्यीय कमिटी चयन गरेको छ ।

शनिवार उर्लाबारीस्थित हाम्रो बचत सहकारीको सभाहलमा अधिवेशन भएको हो । महासंघको नगर उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिव सम्झना तामाङ, उपसचिव अंगित श्रेष्ठ र कोषाध्यक्ष सावित्रा तामाङ चयन भएका छन् ।

यस्तै, सदस्यमा इन्द्र श्रेष्ठ, दिलीप धिमाल, खड्गकुमारी तामाङ, डम्बर भुजेल, लालबहादुर धिमाल, जीतबहादुर लिम्बू, ताराकुमारी तामाङ, चन्द्र श्रेष्ठ, हर्कबहादुर राई, मिना लिम्बू, राम अवतार दनुवार, गणेशकुमार माझी, कविता राई याक्खा, राजु मगर, देवीका सुब्बा, केन्द्रलाल धिमाल, अगम धिमाल, रत्न श्रेष्ठ, विनीता राई, छत्रकुमारी तामाङ, शङ्कर लिम्बू र गोविन्द धिमाल रहेका छन् । महासंघका स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो ।

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै एमाले नेता चौधरीले आदिवासी जनजाति, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको हितमा काम गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । जनजाति र सीमान्तकृत समुदायको आकांक्षा एमाले बाहेक अरू कुनै पनि पार्टीले पूरा गर्न नसक्ने बताएका चौधरीले आदिवासी जनजातिहरूको हित र अधिकार सहितको माग र मुद्दामा एमाले सरकारमा हुँदा काम गरेको स्मरण गराउनुभयो । आदिवासी जनजातिको संस्कार र सांस्कृतिक पर्वलाई राज्यले सम्बोधन नगरिरहेको अवस्थामा नेकपा एमाले सरकारमा जाँदा त्यसलाई सम्बोधन गरेको उनको भनाई थियो ।

कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, कोशी प्रदेश सांसद उमाकान्त गौतम, लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव सुनिल धिमाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष प्रभागकुमार माझी खवास, लोकतान्त्रिक किरात राई संघ मोरङका अध्यक्ष असीम राई, नेताहरू भूपाल जिमी, रामकृष्ण राई, गंगाप्रसाद बास्तोला, मनोरथ भण्डारीलगायतको आतिथ्यता रहेको थियो । एमाले मोरङ कमिटी सदस्य सुरेन्द्र सेर्माको सञ्चालन रहेको कार्यक्रममा महासंघका निवर्तमान नगर अध्यक्ष झक्कड राना मगरको सभापतित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्