बेलबारीमा हात्तीबाट उच्च जोखिम : हात्तीको आक्रमणबाट लेटाङको एक व्यक्तिको मृत्यु


बेलबारी । हात्तीको आक्रमणबाट बेलबारीमा एक व्यक्तिको मृत्यु भएको छ । सोमबार बेलबारी १० स्थित भाउन्नेमा हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

प्रहरीका अनुसार मृतक पुरुष लेटाङ नगरपालिका वडा नं. ३ स्थित कीर्तिमान माझिगाँउका ५५ वर्षीय कमल माझी (देवकोटा) हुन । माझी बिहान करिब १० बजे मर्चा लिएर लेटाङ देखि भाउन्ने तर्फ जाने क्रममा उनी हात्तीको आक्रमणमा परेका थिए ।

बेलबारीमा दैनिक हात्तीको आतङ्कले स्थानीयलाई सताइरहेको छ । नगरपालिकाको सहयोगमा दमकको प्रयोग गरेर, नगर प्रहरी, इलाका प्रहरी कार्यालय बेलबारी, जनप्रतिनिधि साथै स्थानीयहरू हात्तीबाट हुने क्षतिको न्यूनीकरण गर्न र सुरक्षाको लागि बजार र बस्ती प्रवेश नदिन खेदाउने कार्य गरिरहेका छन् । तर पनि अन्नबाली र भौतिक संरचनाको क्षति बेहोरी रहनु परेको बेला थप मानवीय क्षतिले जङ्गल क्षेत्रको बाटो तथा राजमार्ग आवतजावत गर्न मानिसलाई त्रसित बनाएको छ ।

सम्बन्धित निकाय र स्थानीयले हात्तीहरूलाई पनि आतङ्कित नबनाई सुरक्षित पूर्वक सुरक्षित स्थानमा धपाउन नसके थप क्षति बेहोर्नु पर्ने स्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्