राजतन्त्र फर्कन सक्दैन : केपी ओली


डडेल्धुरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्त्वहरू राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए । उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भई समृद्धि हासिल हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्