काठमाडौँमा उपचाररत यादवको निधन, मृतको सङ्ख्या ५ पुग्यो : उर्लाबारी आगलागी घटना


कुमार खड्का – उर्लाबारी । उर्लाबारी आगलागी घटनामा परि घाइते भएका राम नरेश मरिता (यादव ) को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी-७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

अस्पतालको आइसियु कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको मैथली समाज सेवा समितिका अध्यक्ष पवन चौधरिले बताउनु भयो मरिताको अनुहार, घाँटी, ढाड, दुवै हात, दुवै खुट्टामा गरी यादवको १४% जलन रहेको थियो । गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी ७ ईटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

घाइते मध्ये हाल सो अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारी का प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । जसमध्ये आइसियु कक्षमा ३ जना उपचाररत रहेको बताइएको छ । यस अघि उपचाररत तपन पण्डित, कुमार दाहाल ( दीपक) र कुमार तामाङ र घरधनी रुकुम बहादुर कार्की गरी ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्