अग्रगामी समाज बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्त्वपूर्ण हुने बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च २०८० मा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

विकाशका महत्त्वपूर्ण क्षेत्रहरू महिलाको हातमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘महिलाका अधिकारका निम्ति कोही माननीयले बजेट माग गर्नुभएको छैन । मानवीय विकाशका लागि कसैले माग गर्नुभएको छैन, सबैले आफ्नो घरको बाटो र अवसर जोडिने गरी बजेट माग गर्नुहुन्छ । महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’

मुख्यमन्त्री कार्की विराटनगरमा स्थापना गरिने हृदय रोगको उपचार केन्द्र सैलजा आचार्यको नाममा स्थापना हुने भएकाले त्यसको प्रारम्भ बजेटको कार्यान्वयनसँगै हुने बताउनुभयो । प्रदेश सरकारले भौतिक विकाश सँगै मानवीय विकासमा पनि जोड दिने भएकाले महिला अधिकारका क्षेत्रमा सशक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्