टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ : सांसद गगन थापा


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णयलाई उल्टो कदम भनेका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै थापाले ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको’ सामाजिक सञ्जालमा लेखेका हुन ।

सरकारको कदम गलत भएको बताउँदै निर्णय सच्चाउन सुझाव दिएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्