भाइटिकाको शुभ साइत कात्तिक २९ गते बुधवार १०:५१ बजे


काठमाडौँ । यस वर्षको तिहारमा भाइटिकाको शुभ साइत कात्तिक २९ गते बुधवार १०:५१ बजे निस्किएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार यस वर्षको भाइटिकाको शुभ साइत २९ गते १०:५१ बजे शुभ रहेको छ ।

भाइटिकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठुलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्