पहिलो महिला एम्बुलेन्स चालकसहित ६ जना सम्मानित


बेलबारी । महिला अधिकारका लागि राष्ट्रिय अभियानले पहिलो महिला एम्बुलेन्स चालकसहित ६ जनालाई सम्मान गरेको छ । महिला अधिकारका लागि राष्ट्रिय अभियानको आयोजना साथै महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङ तथा होमनेट नेपाल सचिवालय संस्थाको सहकार्यमा बेलबारी वडा नं. २ स्थित सुदर्शन मल्टि एग्रो पार्क एण्ड रिसोर्टमा शनिवार सम्पन्न कोशी प्रदेश स्तरीय भेला तथा विशेष साधारण सभामा सम्मान गरेको हो ।

कार्यक्रममा पहिलो महिला एम्बुलेन्स चालक लीला बस्ताकोटी, मदन भण्डारी प्रतिष्ठानका प्रतिनिधि रुद्र बहादुर तामाङ, नारी विकास संघका अध्यक्ष सिता शर्मा, महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सिता सुवेदी, केन्द्रीय सदस्य कल्पना घिमिरे र केन्द्रीय सदस्य दिलमाया गुरुङ सम्मानित भएकी हुन । कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र सांसद शोभा चेम्जोङद्वारा सम्मान गरिएको थियो ।

(पहिलो महिला एम्बुलेन्स चालक लीला बस्ताकोटी)

कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, धनकुटा नगरपालिकाकी नगर उपप्रमुख भिमादेवी खनाल, उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मिना कुमारी खतिवडा, केराबारी गाउँपालिका मनमाया मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रीय अध्यक्ष सरिता घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्