जाजरकोट भूकम्पमा ज्यान गुमाउनेको संख्या १३८ पुग्यो


काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान गुमाउनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिउँसो २ बजेसम्म सङ्कलन गरेको विवरण अनुसार घाइतेको संख्या जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्