इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या २१ सय नाघ्यो


काठमाडौं । इजरायलमा सेना र हमास लडाकुबिचको लडाइँमा मृत्यु हुनेको संख्यामा २१ सय नाघेको छ । दुई पक्षबिच लडाइँ सुरु भएको पाँचौँ दिनमा १२ सय इजरायली र ९ सय प्यालेष्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सेनाका प्रवक्ताले अहिलेसम्म एक हजार २ सय जनाको मृत्यु भएको र २ हजार ७ सय जना घाइते भएको पुष्टि गरेका अलजजिराले जनाएको छ । इजरायलले निशाना बनाएर लगातार बम आक्रमण गरिरहेको गाजा क्षेत्रबाट अहिलेसम्म २ लाख ६० हजारभन्दा धेरै मानिस विस्थापित भइसकेका छन् । एक लाख ७५ हजार भन्दा धेरैले युएन स्कुलमा शरण लिएका छन् ।

प्यालेष्टाइनको वाफा समाचार एजेन्सीले जनाए अनुसार इजरायली सेनाले गाजाको अलकरामा क्षेत्रमा गएराति सेतो फस्फोरस बम आक्रमण गरेको छ । सेतो फस्फोरसलाई आगो लगाउने हतियार मानिन्छ र यसको प्रयोगलाई अन्तर्राष्ट्रिय कानुनले प्रतिबन्ध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्