उद्योग वाणिज्य संघको आयोजनामा बेलबारीमा रक्तदान : उपमेयर सहित ७५ जनाको रगत सङ्कलन


बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार बिहान भएको रक्तदानमा ७५ पिन्ट रगत सङ्कलन भएको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) सहित ७५ जनाले रक्तदान गरेका छन् ।

पछिल्लो समय रगतको अभाव भइरहेका बेला अभाव टार्न थोरै भए पनि सहयोग पुर्‍याउने लक्ष्यका साथ रक्तदान आयोजना गरिएको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोइरालाले विभिन्न अस्पतालहरूमा रगतको अभाव भई बिरामीहरूले ज्यान नै गुमाउनु परिरहेको अवस्थामा उवासंघ बेलबारीले यो कार्यक्रम आयोजना गरेर सकारात्मक काम गरेको बत्ताइन ।

उवासंघ बेलबारीले नयाँ कार्यसमिति आएपछि विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय भएको छ । यसअघि व्यवसायीहरूको ढक तराजु नापतौल,बस्तुगत समितिहरू सँग अन्तरक्रिया लगायत विविध कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्