मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेलबारी सेवा कार्यालयको साधरणसभा सम्पन्न


बेलबारी । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेलबारी सेवा कार्यालयको साधरणसभा सम्पन्न भएको छ । आईताबार बेलबारी वडा नं.१ स्थित मदनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी वडा नं.१ का वडाध्यक्ष मणि मगरले साधारणसभालाई सम्बोधन गर्दै मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेलबारी सेवा कार्यालयको स्थापनाले नगरको आर्थिक विकासमा थप टेवा पुग्ने बताएका छन्। अध्यक्ष मगरले सहकारीमा मौलाउँदै गएको कुनै पनि विकृति मेची बहुउद्देश्यीय सहकारीमा नदेखिने आशा प्रकट गर्दै संस्थामा सेयर सदस्यको वृद्धि तथा विकासको शुभकामना प्रदान गरेका छन् ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले मेची बहुउद्देश्यीयको सेवा सुविधाको बारे जानकारी प्रदान गर्दै कुनै पनि सहकारी संस्थाले विद्यमान अवस्थामा देखिको विकृति जस्तो शेयर सदस्य तथा बचतकर्ताको पैसा अपचलन गर्न सञ्चालकसँग कुनै अधिकार नभएको बताउँदै मेची बहुउद्देश्यीयको आफ्नो सदस्यलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्नलाई छुट नभएको बताए । संस्थाका सञ्चालक साथै जुनै तहका कर्मचारी भए पनि दोष देखिए कारबाही र उत्कृष्ट काम गरे सम्मान तथा पुरस्कार प्रदान गर्ने संस्कारको अभ्यास रहेको भट्टराईले बताए ।

सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, व्यावसायिक क्षेत्रको उत्थान संस्थाको पहिलो प्राथमिकता रहेको भट्टराई बताउँछन् । भट्टराईले मेची बहुउद्देश्यीयसँग बेलबारीको सेवा कार्यालय मार्फत छोडिन स्थानीय सबैलाई आग्रह गरेका छन् ।

मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ वटा सेवा कार्यालय रहेको छ । बेलबारी सेवा कार्यालय व्यवस्थापन समितिका संयोजक सन्तोष राईका अनुसार त्यस मध्य बेलबारी सेवा कार्यालयमा छोटो अवधिमै ४३४ शेयर सदस्य जोडी सकेको छन् । शेयर पुँजी रु.२४ लाख ९६ हजार ८ सय साथै बचत निक्षेप १ करोड ९७ लाख ७१ हजार ९ सय ३४ रहेको छ । अन्तरशाखा कारोबार २२ लाख ५२ हजार ८ सय ५७, नगद तथा बैङ्कमा ३५ लाख १५ हजार ३ सय ६४ साथै कर्जा लगानी २ करोड १ लाख ९६ हजार ४ सय ५९ रहेको शाखाका संयोजक राईले जनाएका छन् ।

चालु आ.व २०८०/०८१ म सेयर सदस्य संख्या ६३४ पुराउने लक्ष्य रहेको राईले बताए । शेयर पुँजी रु.३२ लाख, बचत निक्षेप ३ करोड ५० लाख, अन्तर कारोबार १ करोड ५० लाख, नगद तथा बैक ४३ लाख ८५ हजार, कर्जा लगानीमा ४ करोड ९० लाख वृद्धिको लक्ष्य रहेको बेलबारी सेवा कार्यालयका संयोजक राईले बताए ।

संस्थाको विभिन्न सुविधाहरू मध्य स्वास्थ्य तर्फको क्यान्सर अपरेसनको लागि १ जनाले रु.५० हजार, थप ८ जनाले शल्यक्रियाको लागी रु.५७ हजार ५०० सय, प्राकृतिक प्रकोप राहत आगलागी भएको कारण १ जानले रु.४० हजार, काजक्रिया खर्च ८ जनाले रु.२६ हजार १ सय र छोरा छोरी बचत खाताबाट ४ जनाले ४ हजार प्राप्त गरेको बेलबारी सेवा कार्यालयका प्रमुख रमेश क्षेत्रीले बताएका छन् । कार्यक्रम राईको अध्यक्षतामा सम्पन्न भएको हो भने उद्घोषण कार्यालयका प्रमुख क्षेत्रीले गरे ।

 

प्रतिक्रिया दिनुहोस्