नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैङ्कका ६ जना कर्मचारीहरू पक्राउ


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले चिकित्सकपछि बैङ्कका कर्मचारीहरूलाई पनि पक्रिन थालेको छ । नक्कली प्रमाणपत्रका आधारमा बैङ्कका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैङ्कका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतीक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् । उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप लागेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्