सांसद शर्मालाई अनुसन्धान गर्न थुनामा राख्न नपर्ने अदालतको आदेश


काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।

न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन् । नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनामुक्त गर्दै अनुसन्धान गनए आदेश दिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको कसुरमा बिहीबार काठमाडौँको गल्फुटारबाट पक्राउ परेका उनलाई सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रवार जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर सीआईबीले माग गरेअनुसार शर्मालाई थुनामा राख्नु नपर्ने निष्कर्षसहित न्यायाधीश शर्माले यस्तो आदेश दिएका हुन् ।

शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरूलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो । यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई दिनमा आठ जनालाई पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लो पटक सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको थियो ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या ७ थियो । यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्