सिआइवीले काँग्रेस सांसद सुनिल शर्मा पक्राउको जानकारी सभामुखलाई गराए


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले काँग्रेस सांसद सुनिल शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ । संविधानको धारा १०३ (६) अनुसार कुनै सांसदलाई पक्राउ गरे लगत्तै त्यसको सूचना सम्बन्धित सदनको प्रमुखलाई दिनुपर्ने व्यवस्थाअनुसार सिआइवीका प्रमुख किरण बज्राचार्यले शर्मालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।

शर्मालाई शैक्षिक प्रमाणपत्र कृते अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बज्राचार्यले सभामुख घिमिरेलाई प्रेषित पत्रमा उल्लेख छ । सिआइवीले पत्रमा भनेको छ, ‘निज सुनिलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्