गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै युवा संघले मशाल जुलुस निकाले


काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघले मशाल जुलुस निकालेको छ । शुक्रवार बेलुका युवा संघका कार्यकर्ताले काठमाडौँमा मशाल जुलुस निकालेका हुन् ।

राजश्व अनुसन्धान विभागले समातेको सुन गृहमन्त्रीकै मिलेमतोमा ल्याइएको युवा संघको आरोप छ । सेटिङमा सुन तस्करी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौँको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरूले तस्करीको सुन भन्सारबाट सहज रूपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।

सुन तस्करी काण्डमा साना भरियाहरूलाई समातिएको तर ठुलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरूले ‘सर्वसाधारणलाई कचकच तस्करलाई रजगज’, ‘सुन तस्करलाई पक्राउ गर’, ‘सेट्रिमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’, ‘सुन तस्करलाई फाँसी दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्