मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा फेरि पक्राउ : ललिता निवास जग्गा प्रकरण


काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो ।

सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न सर्वोच्च अदालतले शुक्रवार आदेश दिएसँगै देउजालाई पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रवार खारेज भएको हो ।

यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४०६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ । सीआईबीले अहिले उनीहरुविरुद्ध कृते र सङ्गठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्