चार दलद्वारा समाजवादी मोर्चा घोषणा


काठमाडौँ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) , जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ता बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबिच समाजवादी मोर्चाको घोषणा भएको हो ।

साझा प्रतिबद्धतासहित राष्ट्रिय सभागृहमा मोर्चा घोषणा भएको छ । आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ  । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् ।

समाजवादी मोर्चाको भविष्यमा पार्टी एकतासम्मको लक्ष्य राखेर घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको मुख्य उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्